Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वाइसिएलद्वारा केराबारीमा जनश्रमदान, पहिरो हटाउने

हाम्रो कोशी आवाज
असार ३१ २०७८, बिहिबार
वाइसिएलद्वारा केराबारीमा जनश्रमदान, पहिरो हटाउने

केराबारीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को अगुवाइमा मोरङ केराबारीमा बृहत सडक सरसफाइको काम सुरु गरिएको छ ।
खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसीं) सडक खण्डको ५ किलोमिटर क्षेत्रमा खसेको पहिरो हटाउने काममा वाइसिएल लागेको हो । बुधबार (हिजो)देखि शुरु भएको सडक सफाइको काम एक हप्तासम्म चल्ने केराबारीका वाइसिएल इन्चार्ज खगेन्द्र सुवेदीले जानकारी दिए ।
सडक सफाइमा वाइसिएलमा आबद्ध ५० भन्दा बढी युवाहरुले निःशुल्क काम गरिरहेका छन् । जनश्रमदान कार्यक्रम उदाहरणीय उर्जाशील रहेको सो क्षेत्रका सांसद तथा माओवादी नेता कुशल लिम्बूले बताए ।
सडक सफाइ अभियानमा नेता लिम्बूसहित, माओवादी केन्द्र केन्द्र केराबारी गाउँपालिका अध्यक्ष राम कार्की, वाइसिएल मोरङका उपाध्यक्ष राजीव लिम्बू, सचिव नविन गुरुङ, सह–सचिव योगेन लिम्बू, उर्लाबारी नगरका वाइसिएलका नेता देवेन्द्र खड्का, हरिशचन्द्र दुलाल, अनिल साहुलगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति: असार ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend