Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सेल्फी खिच्दा किशोरीलाई खोलाले बगायो

हाम्रो कोशी आवाज
साउन १ २०७८, शुक्रबार
सेल्फी खिच्दा किशोरीलाई खोलाले बगायो

तेह्रथुमः सेल्फी खिच्दा किशोरीलाई खोलाले बगाएको छ ।
तेह्रथुमकी १७ वर्षीया किशोरी सपना लिम्बूलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी गौतम थापाले जानकारी दिए । ‘खोजी जारी नै छ,, अहिलेसम्म फेला परेकै छैन’, डिएसपी थापाले भने । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकास्थित खोरङ्वा खोलामा सेल्फी खिच्दा उनी बेपत्ता बनेको प्रहरीले जनाएको छ ।
फेदाप गाउँपालिका वडा नं. ४ बस्ने उनलाई माथिल्लो खोरूङ्गा हाइड्रो पावरको च्याम्बर छेऊमा सेल्फी हान्दा बगाएको थियो ।
बहिनी युनिसा लिम्बूसँग मावलीघर मेन्छ्यायेम १ पौठाकमा आउँदै गर्दा सेल्फी खिच्ने क्रममा खोलामा खसेको प्रहरीले जनाएको छ । बगाएको देखेपछि स्थानीय युवाहरुले बहिनी युनिसालाई सकुशल उद्दर गरेका थिए । बेपत्ता सपनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन १ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend