Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पैदलयात्रीलाई मोटरसाइकलको ठक्कर, धरानमा उपचारको क्रममा मृत्यु

हाम्रो कोशी आवाज
साउन १ २०७८, शुक्रबार
पैदलयात्रीलाई मोटरसाइकलको ठक्कर, धरानमा उपचारको क्रममा मृत्यु

बिर्तामोडः झापामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बुद्धशान्ति गाउँपालिका–३, धाइजनमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको हो ।
बिहीबार बेलुकी करिब साढे ७ बजे मे१०प ८८५७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मेचीनगर नगरपालिका–१२ का २२ वर्षीय रमेश राजवंशीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारै राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारीसाधनसहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

प्रकाशित मिति: साउन १ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend