बिर्तामोडः झापा दमक नगरपालिका–७ हाटखोलास्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्णबहादुर राई, ४४ वर्षीय गंगा पाठक, ४० वर्षीय राजन दाहाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
यसैगरी गौरादह–३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अङ्कित कार्की, गौरादह–८ का ३८ वर्षीय इन्दुकुमार राजवंशी रहेका छन् । यस्तै, गौरादह–२ का ३२ वर्षीय निर्मल थापा, दमक–२ का ४२ वर्षीय रामबहादुर धिमाल, दमक–६ का ३३ वर्षीय विजय सिंह, सुनसरी इटहरी–४ का ३५ वर्षीय विक्रम गुरुङ र इटहरी–१९ का २६ वर्षीय मिलन राई रहेका छन् ।
शुक्रबार बेलुका ६ बजे पक्राउ परेकामध्ये कर्णबहादुर राईको घरमा ठूलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । पक्रउ परेका उनीहरुउपर जुवा ऐनअन्तरगत कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।