धरानः धनकुटा साँगुरीगढीका एकजना गाँजासहित पक्राउ परेका छन् ।
साँगुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई मोरङको जहदाबाट सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलीले गाँजासहित शनिबार बिहान पक्राउ गरेको हो । उनी पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
धनकुटाबाट गाँजा लिएर उनी नेपालको सीमा पार भारततर्फ हिँडेको खुलेको बिओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिए ।