धरानः इटहरीमा सेनिटाइजर पिउँदा एकजना युवाको मृत्यु भएको छ ।
इटहरी–८ का ३२ वर्षीय प्रकाश भण्डारीले सेनिटाइजर पिएपछि ज्यान गएको हो । शुक्रबार राति साढे ८ बजे उनले सेनिटाइजर पिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी दिए ।
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरिरहने जनाइएको छ ।

