Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ३ २०७८, आइतबार
सुनसरीमा छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का ७३ वर्षीय शेरबहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।
आफ्नै पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले शनिबार राति साढे ११ बजे मृत अवस्थामा उद्दार गरेको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका–२ का २९ वर्षीय कृष्ण घिमिरेको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरिपरी हात्ती रोक्नका लागि लगाइएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
यसैगरी इटहरी–१७ का मनोज खत्रीको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिबार साँझ ६ बजेको समयमा घरनजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाइते भएका खत्रीलाई उपचारको लागि विराट टिचिङ हस्पिटल विराटनगर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति: साउन ३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend