पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
कार्तिकेबाट तेह्रथुमतर्फ जाँदै गरेको को२८प ६८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक म्याङलुङ नगरपालिका–१ का ४५ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
