ओखलढुङ्गाः सिन्धुली फिक्कल–५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको छ ।
ओखलढुङगा मानेभञ्ज्याङ–६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामाघरकै गाईगोठमा आइतबार दिउँसो १ः०० बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाइटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुँदा सोही आगोमा जलेर नाबालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
यसैगरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको छ । घटनास्थलमा प्रहरी टोली खटेर गई कानुनी कारबाही भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

