Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मापसे गरेर अटो तीब्र गतिमा चलाउँदा महिलाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ३ २०७८, आइतबार
मापसे गरेर अटो तीब्र गतिमा चलाउँदा महिलाको मृत्यु

इटहरीः इटहरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
इटहरी–३ शान्ति चौकस्थित भित्री पक्की सडकखण्डमा इटहरीबाट तालतलैया जाँदै गरेको को२ ह ५२६५ नं. को अटो आफै अनियन्त्रित भई सडक छेऊको बिजुलीको पोलमा ठक्कर खाँदा अटोमा सवार इटहरी–४ बस्ने बर्ष ३३ कि रिया पोख्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भई उपचारको लागि विराट नर्सिङ होम विराटनगरतर्फ पठाइएकोमा उपचारको क्रममा साढे दुई बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ । टो चालक इटहरी बस्ने वबर्ष ३१ को पप्पु यादव अस्थायी प्रहरी चौकी तालतलैयाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तालतलैयाबाट २ किमी दक्षिण पर्ने ठाउँमा दुर्घटना भएको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: साउन ३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend