Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको के के स्कुलमा कक्षा-११

हाम्रो कोशी आवाज
साउन ८ २०७८, शुक्रबार
धरानको के के स्कुलमा कक्षा-११

धरानः धरान-१५ स्थित के.के. इन्टरनेशनल स्कुलले यस शैक्षिक सत्रदेखि कक्षा-११ पनि सञ्चालन गर्ने भएको छ ।
कक्षा-११ मा ‘प्लस टु लेवल’ को पठनपाठन थाल्ने विद्यालयका डाइरेक्टर प्रविण अग्रवालले जानकारी दिए । विज्ञान, व्यवस्थापन र कम्प्युटर साइन्सको अध्ययन अध्यापन गराउने सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए ।
विद्यालयले विद्यार्थीले भविष्यमा जे बन्न चाहेको हो सोअनुसार तयारी गराउन हरतरहले लाग्ने बताए । ‘मानौं कोही विद्यार्थी डाक्टर बन्न चाहन्छ, त्यसको लागि तयारी कक्षा पनि निःशुल्क प्रदान गर्ने सोंचेका छौं’, उनले भने ।
विशेषगरी प्लस टु लेवलमा नै इञ्जिनियरिङ र मेडिकल इन्ट्रान्सको तयारी गराउने उनले जानकारी दिए । विज्ञान सङ्कायका लागि अत्याधुनिक सुविधासम्पन्न विज्ञान प्रयोगशाला निर्माण गरिसकिएको उनले जानकारी दिए ।
क्लाउड वेष्ट कम्प्युटर ल्याब, सिम्याट तयारी कक्षा, प्रोग्रामिङ कक्षा र शैक्षिक परामर्श कक्षाको समेत विद्यालयले प्रबन्ध गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले पढाई सँगै अतिरिक्त क्रियाकलापअन्तर्गत व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका विद्यार्थीहरुको सर्वाङ्गीण विकासका कार्यलाई प्राथमिकता दिँदै आएको उनले जानकारी दिए । ‘सानै कक्षादेखि विद्यार्थीलाई पब्लिक स्पिकङमा जोड दिँदै आएको हुनाले हाम्रा विद्यार्थी पब्लिक स्पिकिङमा खप्पिस छन्’, उनले भने, ‘यो विषयले अभिभावकसमेत सन्तुष्ट हुनुहुन्छ ।’
वि.सं.२०७३ सालमा स्थापना भएको स्कुलले तीनवटा अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गर्न सफल बनिसकेको उनी बताउँछन् । ‘ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड, ग्लोबल एजुकेशन सबमिट एण्ड अवार्डलगायतका अवार्ड विद्यालयले हात पारिसकेको छ’, उनले थपे, ‘अहिले आएर अनलाइन कक्षामा उत्कृष्ट विद्यालय बन्दै आएको छ, अनलाइन कक्षालाई हामीले त्यति प्रभावकारी बनाउँदै आएका छौं ।’

प्रकाशित मिति: साउन ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend