Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रोडमा काम गरिरहेका मजदुरलाई पहिरोले पुर्दा मृत्यु

हाम्रो कोशी आवाज
साउन ८ २०७८, शुक्रबार
रोडमा काम गरिरहेका मजदुरलाई पहिरोले पुर्दा मृत्यु

पाँचथरः हिलिहाङ गाउँपालिका ५ सुभाङस्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेहथुम आठराई गाउँपालिका ५ छातेढुंगा का २७ वर्षीय टिका मोक्तान रहेका छन् । बिहीबार दिउँसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अवस्थामा १५ मिटर माथिबाट पहिरो खसेर पुरेको थियो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटेर पहिरोबाट उद्धार गरी निकाल्दा मुक्तानको मृत्यु भइसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । घटना सम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भइरहेको छ ।

प्रकाशित मिति: साउन ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend