Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनमा पनि ट्राफिक नियम उल्लङ्घन

हाम्रो कोशी आवाज
साउन ८ २०७८, शुक्रबार
लकडाउनमा पनि ट्राफिक नियम उल्लङ्घन

विराटनगरः अघिल्लो वर्ष लकडाउन नै भयो । अघिल्लो वर्ष लकडाउनकै अवधिमा पनि ट्राफिक नियम उल्लंघन गर्ने बढेका छन् ।
प्रदेश १ मा ट्राफिक नियम उलङ्घन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधन कारवाहीमा परेका छन् । यीमध्ये केही लकडाउनकै समयमा लकडाउन उल्लंघन गर्नेहरु पनि पर्छन् ।
कारवाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको श्रावण देखि असारमसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्दा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मिति २०७७ साल श्रावणदेखि असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा ४० करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
गत आर्थिक वर्षको १२ महिना अवधीमा ७ हजार ३ सय ८४ वटा विभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ वर्ष कैद भुक्तान भई , ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी लागूऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई ब्यापकरुपमा प्रहरी परिचालन गरे अनुसार ३५१६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १७८९.१११ केजी गाँजा बरामद भएको छ ।
यसैगरी विभिन्न मनोद्वीपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ ।
यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १९० जना मानिस पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १७० जना मानिस र ७८५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३२६१ क्यू.फिट. काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: साउन ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend