Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भारतीय नोटसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
साउन ९ २०७८, शनिबार
भारतीय नोटसहित दुईजना समातिए

विराटनगरः विराटनगर–१७ मटेरुवा चोकस्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षीय सन्दिप सिंह रोय रहेका छन् । शुक्रबार दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान, १० को १ थान , र १ को ४ थान सहित दुवैजनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
यस्तै, विराटनगर–१६ दरैया स्थितबाट लागूऔषध सहित एकजनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ६ मिलन चोक का २२ वर्षीय रमेश पाँचकोटी रहेका छन् । शुक्रबार दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: साउन ९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend