संखुवासभाः सिलिचोङ गाउँपालिका १ केवाडाँडा बस्ने २१ वर्षीय दिनेश राई स्वास्थ्ये चौकीको सामान सार्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।
शनिबार दिउँसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्यचौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउँदै गर्दा बाटो साँघुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगतै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।