Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दहमा पौडी खेल्न गएका युवा मृत फेला

हाम्रो कोशी आवाज
साउन १० २०७८, आइतबार
दहमा पौडी खेल्न गएका युवा मृत फेला

केराबारी (मोरङ): केराबारी गाउँपालिका–३ मा एक युवाको मृत्यु भएको छ ।
हचुवा खोलामा पौडी खेल्ने क्रममा युवाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । मृत्यु हुनेमा केराबारी–३ का २४ वर्षीय किरण श्रेष्ठ रहेका छन् ।
भोजपुर घर भएका उनी खोलाको पुलमुनिको दहमा पौडी खेल्न भनेर पसेका थिए । उनी शनिबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएको र खोजी गर्ने क्रममा राति ९ बजेतिर दहभित्र फेला पारेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी राईले जानकारी दिए ।

प्रकाशित मिति: साउन १० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend