Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डुबेर दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ११ २०७८, सोमबार
डुबेर दुईजनाको मृत्यु

विराटनगरः मोरङको लेटाङ नगरपालिका ५ बस्ने शरनकुमार राईको छोरा १५ वर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
विराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राजकुमार महतो नहरको छेउमा खेल्ने क्रममा नहरमा लडी डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: साउन ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend