Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा वृद्धभत्ता थाप्न पुगेका वृद्धको लडेर मृत्यु

हाम्रो कोशी आवाज
साउन १३ २०७८, बुधबार
सुनसरीमा वृद्धभत्ता थाप्न पुगेका वृद्धको लडेर मृत्यु

सुुनसरीः सुनसरी बर्जु गाउँपालिका ६ शुक्रहाट टोलका ६८ वर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ ।
बुधबार दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा वृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडि रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटेर गई मण्डललाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । मण्डलको उपचारकै क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । वृद्धभत्ता लिन अहिले वृद्धवृद्धाहरुले सास्ती खेप्दै आउनुपरिरहेको छ । लाइन लागेर समेत वृद्धभत्ता थाप्दै आउनुपरेको गुनासो बढ्दो छ ।

प्रकाशित मिति: साउन १३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend