Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुन पसल लुट्न आउने गिरोह स्वचालित हतियार र ७० राउण्ड गोलीसहित समातिए

हाम्रो कोशी आवाज
साउन १३ २०७८, बुधबार
सुन पसल लुट्न आउने गिरोह स्वचालित हतियार र ७० राउण्ड गोलीसहित समातिए

धरान: मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराटचोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट प्रयास गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जना पक्राउ परेका हुन् । उनीहरूलाई मोरङकै केराबारी क्षेत्रबाट मङ्गलवार राति पक्राउ गरिएको हो ।
यो समूहबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोलसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ ।
अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी अनुसन्धान भइरहेको छ । घटना भएको १२ औं दिनपछि यो समूहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले पक्राउ पर्नेमा सुन्दरहरैचाका सन्तोष राईसहित ५ जना रहेको जानकारी दिए ।
मोरङ प्रहरीले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतङ्कित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो । लुटपाट गर्न खोजिएको दृष्य सुनचाँदी पसलमा रहेको सिसी क्यामेरा फुटेजमा पनि कैद थियो । पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो ।
घटना भएका बेला पसल सञ्चालक थापा, उनकी श्रीमती टीकादेवी र ६ वर्षका नाति पसलभित्र थिए । टीकदेवी बाहिर निस्किएर होहल्ला गर्न थालेपछि स्थानीयको जमघट बढेसँगै पसलभित्रबाट निस्किएर लुटेरा समूह फरार बनेको हो ।

प्रकाशित मिति: साउन १३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend