Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुन पसल लुट्ने प्रयास गर्ने गिरोहलाई हतियारसहित सार्वजनिक

हाम्रो कोशी आवाज
साउन १३ २०७८, बुधबार
सुन पसल लुट्ने प्रयास गर्ने गिरोहलाई हतियारसहित सार्वजनिक

विराटनगरः सुन पसल लुट्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २२ को मिसन राई, भोजपुर पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ घर भई हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने वर्ष ३० को नगेन्द्र राई, संखुवासभा सभापोखरी गापा ४ घर भई हाल इटहरी उपमहानगरपालिका २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरी गढी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बाह्रबिसे गाउँपालिका ६ घर हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने बर्ष ३० को चिरञ्जिवी राई, मोरङ सुन्दरहरैचा नपा ७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।
पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । प्रहरीले मोरङको सुन्दरहरैंचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटने प्रयासमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार स्थानीय खगेन्द्र थापाले सञ्चालन गरेको सुन पसल लुटने योजनामा प्रयोग गरिएका एसएजी एक थान त्यसमा प्रयोग हुने म्यागाजिन त्यसैगरी गोली ६२ राउण्ड, त्यसैगरी अटोमेटिक कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने म्गागजिन र गोली दुई राउण्ड, ३०३ राइफलको चार राउण्ड गोली, एक थान कटुवा पेस्ताल र सञ्चार सेट समेत बरामद गरेको छ ।
त्यसैगरी सुन पसल लुट्ने प्रयासमा प्रयोग गरीएका ९१० को २ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाइकल, को २० प १८६ मोटरसाइकलको ८ प ६५८३ मोटरसाइकल, को २१ प ६७०३ मोटरसाइकल र विभिन्न ब्राण्डका मोवाइल ८ थान साथै नगद रू १६ हजार १ सय बरामद गरेको छ । गएको साउन १ गते उनीहरुको समूहले दिउँसो हतियार देखाउँदै शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास भएको थियो । ज्वेलर्सभित्र प्रवेश गरी स्वचालित हतियार स्टर्लिङ मेसिन देखाउँदै सुन लुट्ने प्रयास गर्दा स्थानीयको अवरोधका कारण असफल भएपछि उनीहरु त्यहाँबाट भागेका थिए ।

प्रकाशित मिति: साउन १३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend