बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पोबाट लागूऔषध ब्राउनसुगरसहित २ जनलाई पक्राउ गरिएको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड–४ बस्ने २१ वर्षीय रुपेश साह र पछाडि सवार हल्दीबारी ३ का २१ वर्षीय विवेक बानियाँको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलिग्राम र नगद रु. २० हजार बरामद भएको हो ।
प्रहरीले उनीहरुलाई अटोसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको छ ।