Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पेरुङ्गो होटलमा तास खेलिरहेका ६ जना नगदसहित समातिए

हाम्रो कोशी आवाज
साउन १७ २०७८, आइतबार
पेरुङ्गो होटलमा तास खेलिरहेका ६ जना नगदसहित समातिए

दमकः दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दमक–७ का होटल सञ्चालक ३२ वर्षीय पदम सुब्बा, दमक–५ का २९ वर्षीय कैलाश लिम्बू, सोही स्थानका ३३ वर्षीय मोहन ढुंगाना, दमक–६ का ३८ वर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० वर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० वर्षीय भीम सुब्बा रहेका छन् ।
शनिबार बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजार सहित पक्राउ गरिएको हो । पक्राउ परेका उपर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: साउन १७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend