Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगर र गाँजासहित तीनजना समातिए

हाम्रो कोशी आवाज
साउन १८ २०७८, सोमबार
ब्राउनसुगर र गाँजासहित तीनजना समातिए

विराटनगरः मोरङको विराटनगर–२ दुर्गाचौकस्थितबाट लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ वर्षीय निरज गोडी रहेका छन् । आइतबार साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्रामसहित पक्राउ गरेको छ । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
यस्तै, उदयपुर बेलका नगरपालिका ८ कोठूस्थितबाट लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाउँपालिका ८ का २६ वर्षीय नविन्द्र राई र २३ वर्षीय हेम राज राई रहेका छन् ।
आइतबार बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।
गाँजा फेला परे पश्चात सोधपुछ गर्दा सो गाँजा नविन्द्र र हेमराज राईको खुल्न आएसँगै उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन १८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend