Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलमा चेकजाँच गर्दा ब्राउन सुगर भेटिएपछि दुई युवा समातिए

हाम्रो कोशी आवाज
साउन १८ २०७८, सोमबार
मोटरसाइकलमा चेकजाँच गर्दा ब्राउन सुगर भेटिएपछि दुई युवा समातिए

बिर्तामोडः बिर्तामोड–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडिबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा झापा हल्दीबारी गाउँपालिका १ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड–१० इलामेली टोलका २४ वर्षीय समिर राई रहेका छन् ।
सोमबार दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे८प ७३९२ नम्बरको मोटरसाइकल चढी आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउनसुगर १२ ग्राम बरामद भएसँगै आवश्यक अनुसन्धानको लागी मोटरसाइकल पछाडि सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: साउन १८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend