Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा महिलामाथि एसिड हानेर भागेका युवा पक्राउ

हाम्रो कोशी आवाज
साउन १८ २०७८, सोमबार
बराहक्षेत्रमा महिलामाथि एसिड हानेर भागेका युवा पक्राउ

धरानः बराहक्षेत्रमा महिलामाथि एसिड हानेर भागेका युवा पक्राउ परेका छन् ।
सुनसरीमा एसिड प्रहार गरेर भागेका युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामी काठमाडौंमा पक्राउ परेका हुन् ।
उनलाई सुनसरी ल्याइएको सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । साउन २२ मा राति धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीया श्यामकुमारी धामी घाइते भएकी थिइन् ।
चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका थिए ।
एसिड परेर गम्भीर घाइते भएकी श्यामकुमारीको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ । आरोपमाथि एसिड आक्रमण विरुद्धको कसुर, कुटपिट र अङ्गभङ्गसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

प्रकाशित मिति: साउन १८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend