Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषध र प्रतिबन्धित औषधिसहित तीनजना समातिए

हाम्रो कोशी आवाज
साउन १९ २०७८, मंगलबार
लागूऔषध र प्रतिबन्धित औषधिसहित तीनजना समातिए

धरानः झापाको विभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधिसहित तीनजनालाई पक्राउ गरिएको छ ।
सोमबार बेलुका ६ बजे गौरीगञ्ज गाउँपालिका ६ जनता चौकस्थितबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० वर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधि ट्रामाजेक १५० क्यापसुल, नाइट्रोभेट २६ क्याप्सुल र कोरेक्स १ बोतलसहित पक्राउ गरिएको छ ।
यस्तै, बेलुका पौने ८ बजे झापा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको डब्लुबी चौहत्रर आर ६५०४ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा सो मोटरसाइकलको भाइजरमा लुकाइछिपाइ ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका १ का २१ वर्षीय सुलन देवान र पछाडि सवार सोही स्थानका २० वर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनैजनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend