Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगर फेला परेपछि समातिए, एक फरार

हाम्रो कोशी आवाज
साउन २० २०७८, बुधबार
ब्राउन सुगर फेला परेपछि समातिए, एक फरार

दमकः झापाको गौरादह नगरपालिका-१ गौरादह बजारस्थितबाट लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको छ ।
अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ वर्षीय कृष्णकुमार ताजपुरिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७ प ६७६७ नम्बरको मोटरसाइकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो ।
पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा गौरादह-२ का ३९ वर्षीय सुमनकुमार कार्कीबाट खरिद गरेको हो भनी जानकारी गराएका थिए । जानकारी पाएपश्चात तत्कालै प्रहरी टोली खटी गई कार्कीको घर कोठाभित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको छ । सुमनकुमार कार्की भने तत्काल फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend