बिर्तामोडः झापाको गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछी बस्ने ६५ वर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको छ ।
बुधबार बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।