Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुल

हाम्रो कोशी आवाज
साउन २१ २०७८, बिहिबार
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुल

धरानः प्रदेश नं. १ प्रहरी तालिम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र धनकुटा शहीदभूमि गाउँपालिका–३ बस्ने २१ वर्षीय खपाङ राई रहेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराइदिन्छु भनी संगम राईबाट नगद १ लाख १८ हजार रुपैयाँ, सागर राईबाट नगद १ लाख १८ हजार रुपैयाँ र सरोज राईबाट नगद २ लाख रुपैयाँ लिएको खुल्न आएकाले सो कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरले पक्राउ गरेको छ ।
उनीहरूमाथि शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: साउन २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend