धरानः स्नातक उत्तीर्णलाई शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा सुविधा दिने सरकारको नीतिलाई अब एसएलसी, प्लस टु उत्तीर्ण वा प्राविधिक शिक्षा लिएकाहरुलाई पनि यस्तो कर्जा उपलब्ध गराइनुपर्ने सांसदहरुले माग राखेका छन् ।
अर्थ समिति सदस्य रामकुमारी झाँक्रीले स्नातक तहभन्दा तलको शैक्षिक योग्यता भएकाहरुलाई पनि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा उपलब्ध गराउने पर्ने धारणा राखेकी थिइन् । पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि एसएलसी, उच्च शिक्षा वा प्राविधिक सीप तालिम लिएकाहरुलाई २५ लाख रुपैयाँसम्मको शैक्षिक प्रमाण धितो दिइनुपर्ने बताए ।
अरु सांसदहरुले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर स्नातक भन्दा तलको योग्यता भएकाहरुले पनि यस्तो कर्जा सुविधा पाउनुपर्ने धारणा राखेका थिए ।