Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुँगुरको मूर्ति निर्माण अन्तिम चरणमा

हाम्रो कोशी आवाज
साउन २३ २०७८, शनिबार
सुँगुरको मूर्ति निर्माण अन्तिम चरणमा

उदयपुरः उदयपुरको बेलका नगरपालिकाले सुँगुरको मूर्ति बनाइएको छ ।
सुगुरको मूर्ति उदयपुरको बेलका नगरपालिकाले निर्माण गरेको हो । १२ फिट अग्लो सो मूर्तिको लम्बाई १६ फिट छ । बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा निर्माण भएको मूर्तिका लागि ६० लाख रुपैयाँ रकम खर्च भएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्तिक) ले जानकारी दिए ।
मूर्ति निर्माणको अधिकांश काम सकिएको छ । अब यसलाई दशैंसम्ममा औपचारिक उद्घाटन गर्ने तयारी रहेको मेयर थापाको भनाई छ । नगरपालिकाले आफ्नै लगानीमा बनाएको सो मूर्ति क्षेत्रमा धार्मिक पार्कसमेत बनाउने योजना अनुसार काम अगाडि बढाएको छ ।
टाढाबाट वा तस्वीरमा हेर्दा हुबहुँ सुँगुरजस्तै देखिने कद पाइसकेको मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरेको हो । निर्माणाधीन मूर्ति मूर्तिकार धनु याख्खाको नेतृत्वमा निर्माणाधीन छ । सो मूर्ति निर्माणअगावै भाइरल समेत भइसकेको छ ।

प्रकाशित मिति: साउन २३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend