Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झरना हेर्न पुगेकी महिला चढेको टेम्पोलाई रुखले किच्दा मृत्यु

हाम्रो कोशी आवाज
साउन २३ २०७८, शनिबार
झरना हेर्न पुगेकी महिला चढेको टेम्पोलाई रुखले किच्दा मृत्यु

उदयपुरः झरना घुम्न पुगेकी महिलाको रुखले किचेर मृत्यु भएको छ ।
श्रीमानसहित अटो लिएर अधेरी झर्ना घुम्न आएका थिए । प्र.२-०१-००१ ह ०५६० नम्बरको अटो (टेम्पो) र स१०प ३२७२ नम्बरको मोटरसाइकललाई रुखले किच्दा अटोमा बसेकी ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अँधेरी झरना नजिकै शनिबार दिउँसो सो घटना भएको हो । तीनजना घाइते समेत भएका छन् । रुख एक्कासी ढल्न पुगेको र किचेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
मदन भण्डारी राजमार्गअन्तर्गत अँधेरी झरनानजिक रोकिरहेको अटोमाथि रुखले किच्न पुगेको र घटनास्थलमै महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, अर्की २७ वर्षीया मिना दनुवार र अटो चालक कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये अटो चालक तामाङ गम्भीर छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: साउन २३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend