सुनसरीः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौली चोकस्थितमा को८प ४११५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही स्थानका ३५ वर्षीय हेमन्त उराउ गम्भीर घाइते भई जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक इनरुवा नगरपालिका ९ बबियाका ४० वर्षीय बाबुराम उरावलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।