Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित दुईजना महिला समातिए

हाम्रो कोशी आवाज
साउन २४ २०७८, आइतबार
ब्राउन सुगरसहित दुईजना महिला समातिए

बिर्तामोडः झापाको गौरीगञ्ज गाउँपालिका ४ कदमगाछीस्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाल रहेका छन् । शनिबार राति ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend