Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अरुण तेस्रोमा कार्यरत मजुदरको लडेर मृत्यु

हाम्रो कोशी आवाज
साउन २४ २०७८, आइतबार
अरुण तेस्रोमा कार्यरत मजुदरको लडेर मृत्यु

संखुवासभाः मकालु गाउँपालिका ३ स्थित नयाँ बस्तीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका २ घर भई हाल सोही स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको रोयल हाइड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ वर्षीय खड्गबहादुर गुरुङ रहेका छन् ।
शनिबार हेदाङना बजार गई बेलुका फर्किने क्रममा बाटोमा रहेको भीरबाट अचानक लडी अन्दाजी ६०–७० मिटर तल झरी मृत अवस्थामा गुरुङको शव आइतबार बिहान ११ बजे फेला परेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: साउन २४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend