धरानः कोरोना संक्रमण बढ्दै गर्दा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई थप एक साताका लागि निरन्तरता दिएको छ । साउन २५ गतेदेखि ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा यथावत रहेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यसबीच बिहान ५ देखि बेलुका ६ बजेसम्मका लागि खाद्यान्न, ग्याँस, निर्माण तथा विद्युतीय सामाग्री, पुस्तक र कपडा पसललगायत सबै प्रकारका पसल स्वास्थ्य मापदण्डअनुरुप सञ्चालन गर्न सकिने जानकारी दिए ।
स्वास्थ्य मापदण्डसहित होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने जानकारी दिँदै उनले सेमिनार, गोष्ठी, विवाह, पार्टी प्यालेस, ब्रतबन्ध, भेला लगायतका कार्यक्रम गर्न नपाउने बताए ।
यस अवधिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन ।