सुनसरीः सुनसरीको कोशी गाउँपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाँको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिढीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एकजना मिस्त्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा नगरपालिका १० जल्पापुरका ३७ वर्षीय इशादिल अन्सारी रहेका छन् । सोमबार दिउँसो १ बजे भएको सो घटनामा देवानगञ्ज गाउँपालिका ३ का २४ वर्षीय मो. सतार अन्सारी समेत घाइते भई जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचार भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।