Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाँजासहित सिटी सफारी चालक समातिए

हाम्रो कोशी आवाज
साउन २५ २०७८, सोमबार
गाँजासहित सिटी सफारी चालक समातिए

विराटचोकः मोरङको सुन्दरहरैंचा–७ बाट लागूऔषध गाँजासहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैंचा–५ मा डेरा गरी बस्ने २४ वर्षीय इमान राई रहेका छन् ।
सोमबार दिनको साढे ३ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको राईले चलाएको को१ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेपश्चात राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो ।
सिटी सफारीसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: साउन २५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend