Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा कारमा सवार युवामा लागूऔषध फेला

हाम्रो कोशी आवाज
साउन २६ २०७८, मंगलबार
सुनसरीमा कारमा सवार युवामा लागूऔषध फेला

धरानः इनरुवा-४ पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार चारजनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० वर्षीय इनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ वर्षीय विनोदकुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ वर्षीय फूलकुमार मुखिया रहेका छन् ।
सोमबार बेलुका ८ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा१४च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो । ब्राउन सुगर फेला परेपश्चात थप अनुसन्धानको लागि कारसहित पाँचैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।
यस्तै, मोरङको लेटाङ नगरपालिका ९ बुढौली चौकाट प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ८ का २४ वर्षीय पदमबहादुर राई रहेका छन् ।
अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधि २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेटसहित पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: साउन २६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend