Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरबाटै हराएकी किशोरी जंगलमा मृत भेटिइन्

हाम्रो कोशी आवाज
साउन २७ २०७८, बुधबार
घरबाटै हराएकी किशोरी जंगलमा मृत भेटिइन्

उदयपुर: एक साताअघि घरबाटै हराएकी उदयुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया एक किशोरीको शव जंगलमा फेला परेको छ ।
घरबाट एक साताअघि हराएकी उदयुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी एक १६ वर्षीया किशोरीको शव जङ्गलमा फेला परेको छ ।
स्थानीय प्रेमकुमार चौधरीकी १६ वर्षीया छोरी कृशलाको शव सडेको अवस्थामा घर नजिकैको राजदेवी सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
कृशला यही साउन १३ गतेदेखि घरबाटै हराएको परिवारले जनाएको छन् । हराएको ६ दिनपछि साउन १९ गते सडेको अवस्थामा स्थानीय जङ्गलमा शव भेटिएको गौतमले बताए । किशोरीको शव उनको बुवाले पहिचान गरेका छन् ।
किशोरीको बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन् । घटना अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ‘उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी सुक्ष्म अनुसन्धान गरिरहेका छौं’, प्रहरी नायव उपरीक्षक गौतमले भने । घटना अनुसन्धानका क्रममा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।
अभिभावकका अनुसार कृशला घरबाट आफन्तको जान भनेर साउन १३ गते हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको परिवार र आफन्तल धेरै हल्लाखल्ला नगरी खोजी गरेका थिए । सामाजिक प्रतिष्ठामा आँच आउने डरले छोरीको भित्रभित्रै खोजी गरे पनि प्रहरीलाई भने जानकारी नगराएको बुवा प्रेमकुमारको भनाई छ ।
‘समाजले छोरीको चरित्रमा प्रश्न उठाउने डरले धेरै हल्ला नगरी खोजी गरेका थियौं, तर छोरी जीवित भेटिइनन् । छोरीको शव सडेको अवस्थामा भेटियो,’ उनले भने ।

प्रकाशित मिति: साउन २७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend