Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१४ वटै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशनः विनम्र बन तर कमजोर नबन

हाम्रो कोशी आवाज
साउन २८ २०७८, बिहिबार
१४ वटै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशनः विनम्र बन तर कमजोर नबन

विराटनगरः सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
प्रहरी कर्मचारीहरुको आचारसंहितासम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरिकमैत्री प्रहरीको अवधारणाअनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसँग समन्वय गरी नागरिकलाई छिटो, छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लाग्न उनले आग्रह गरेका छन् ।
उनले शुन्य शहनशीलताको अक्षरस पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी अनुसन्धान पद्दतिलाई प्रविधीमैत्री बनाउँदै, प्रमाण र परिणाममुखी अनुसन्धान पद्धतिबाट आम नागरिकहरूलाई प्रत्याभूत हुनेगरीको सुरक्षा व्यवस्था मिलाउन तथा विविध अपराधिक घटनाहरू नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप सशक्तरुपमा काम कारवाही गर्न निर्देशन समेत दिएका छन् ।

अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेका थिए । प्रहरी कार्यालयका प्रमुखहरुले आ–आफ्नो जिल्लाको बारेमा प्रस्तुतिकरण गरेका थिए भने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले समग्र प्रदेशको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
प्रस्तुतिकरणपश्चात् प्रहरी प्रमुखहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फच्यौट गर्न र हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिन साथै लागूऔषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्नतर्फ विशेष चनाखो हुन र महिला तथा बालबालिकामाथि हुने हरेक घटनालाई गम्भीरतापूर्वक लिन समेत उनले निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको समेत निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरु समेतलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति: साउन २८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend