Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा हात्तीले आक्रमण गर्दा मृत्यु

हाम्रो कोशी आवाज
साउन २८ २०७८, बिहिबार
सुनसरीमा हात्तीले आक्रमण गर्दा मृत्यु

सुनसरीः सुनसरीको कोशी गाउँपालिका ४ खत्वे टोलका ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
बिहीबार बिहान साढे ५ बजे खेतीतर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको बपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको छ ।
घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटिएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनी प्रक्रिया पूरा गरी लाश पोष्ट मार्टमको लागि जिल्ला अस्पताल इनरुवा पठाएको छ ।

प्रकाशित मिति: साउन २८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend