उदयपुरः उदयपुर रौतामाई गाउँपालिका ८ का ३० वर्षीय चन्द्रबहादुर रिखाम मगरको भीरबाट लडेर मृत्यु भएको छ ।
पुवारे भज्याङ गएका मगर बिहीबार बिहानसम्म पनि घर नआएपछि आफन्तले खोजतलास गर्दै जाने क्रममा बाटोमा पर्ने पुवारे भज्याङको भीरबाट लडेर मृत्यु भएको अवस्थामा मगरको लाश फेला परेपश्चात प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।