Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको घण्टाघरपछाडि आगलागी

हाम्रो कोशी आवाज
साउन २८ २०७८, बिहिबार
धरानको घण्टाघरपछाडि आगलागी

धरानः धरान-२ घण्टाघरपछाडि भएको आगलागीमा करिब १ करोड रुपैयाँ बढीको क्षति भएको जनाइएको छ ।
मङ्गलबार राति करिब साढे ७ बजे भएको आगलागीमा १ करोड रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय सुरेन्द्र राईको घरमा आगो लाग्दा यतिको क्षति भएको प्रहरीले जनाएको छ । उनको घरमा रहेको ८ वटा सटर भाडामा लगाइएको थियो ।
आगो लाग्दा राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका ८ जनामध्ये सात वटा पसलका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । ‘खासमा ८ वटा पसलमध्ये केहीको पुरै र केहीको थोरै सामान जलेको भनेर जाहेरी परेको छ’, उनले भने, ‘उहाँहरुलाई दावीसहितको जाहेरी लिएर आउनु भनेका थियौं, जाहेरी लिएर आउनुभएको छ, लगभग १ करोड ११ लाख रुपैयाँको क्षति भएको भन्ने जाहेरी परेको छ ।’
सटरका सामान पूर्णरुपमा जलेपनि घर भने जलेको छैन । आगलागीमा दवीकला राईको फेन्स िपसलमा २२ लाख ५० हजार, निरज मादेनको संरचनासहित केही सामग्री जलेको भन्दै ४ लाख, आशिष चौधरीले २ लाख बराबरको किराना सामान, रञ्जना लिम्बूले ग्याँस, भाडावर्तनलगायत ३ लाख, कोपिला श्रेष्ठले १९ लाख बराबरको फेन्सी पसल, जमुना राईले ६ लाख बराबरको लत्ताकपडालगायत फेन्सी सामग्री, शशीकला राईले २६ लाख ५० हजार बराबरको लत्ताकपडा, मनिषा शाहले ८ लाखको फेन्सी आइटम, दीपन तामाङले गोदाममा थन्क्याइएको २० लाख बराबरको सामान जलेको भन्दै जाहेरी दिएको उनले जानकारी दिए ।
आगलागीका कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुसाले विद्युतको तार काटेको र सर्ट भएर आगलागी भएको हुनसक्नेछ ।
धरान उपमहानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: साउन २८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend