Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘प्रहरी हुँ’ भन्दै रकम असुल्न खोज्ने समातिए

हाम्रो कोशी आवाज
साउन २९ २०७८, शुक्रबार
‘प्रहरी हुँ’ भन्दै रकम असुल्न खोज्ने समातिए

बिर्तामोडः ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले ‘हामी सादा पोशाकका प्रहरी हौं, तपाईंको छोरा लागूऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने २० हजार रूपैयाँ दिनू, नभए मुद्दा हालिदिन्छौं’, भनेर धम्क्याउनुका साथै राजवंशीको साथमा भएको एक हजार १०० रूपैयाँ लिएर पछि फेरि पैसा लिन आउँछौं भन्दै गएका थिए ।
सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरूले उनका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर ‘हामी एउटा मिसनमा आएका हौं, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ?’ भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्य व्यक्तिलाई समेत कुटपिट गरेका थिए ।
पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए ।
पक्राउ परेका दुवैलाई इप्रका अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको थापाले जानकारी दिए ।
प्रहरीका अनुसार साउन ११ गते दिउँसो बिर्तामोड नगरपालिका–५ जात्रुबारी निवासी नयनसरी राजवंशीको घरमा ‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौं’ भन्दै उप्रेती र खत्री पुगेका थिए ।
हामी पछि फेरि आउँछौ भन्दै उनीहरू साउन १४ गते राति साढे ९ बजे पुनः नयनसरीको घरमा पुगेका थिए । उनीहरूले नयनसरीका छोरा २५ वर्षीय विशाललाई घरबाहिर बोलाएर ‘हामी एउटा मिसनमा आएको, किन होहल्ला गरेको’ भन्दै बेल्ट खोली विशाललगायत अन्य छिमेकीमाथि निर्घात कुटपिट गरी भागेका थिए । नयनसरीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनिमा घटनाको विषयमा लिखित उजुरी दिएका थिए ।

प्रकाशित मिति: साउन २९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend