Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बोलेरो गाडीबाट हाम फालेका युवाको ज्यान गयो

हाम्रो कोशी आवाज
साउन २९ २०७८, शुक्रबार
बोलेरो गाडीबाट हाम फालेका युवाको ज्यान गयो

विराटनगरः बोलेरो गाडीबाट हाम फालेका युवाको मृत्यु भएको छ ।
विराटनगरमा ती युवाले हाम फालेको प्रहरीले जनाएको छ । भोजपुरबाट विराटनगर हिँडेको को२च २७४२ नम्बरको बोलेरो गाडीबाट हामफाल्दा २२ वर्षीय युवा युवराज खतिवडाको मृत्यु भएको प्रहरीको भनाई छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका–२ घर भएका उनको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्रबहादर खड्काले जानकारी दिए ।
कोशी लोकमार्गअन्तर्गत विराटनगर–३ मा बिहीबार सो घटना घटेको हो । युवाको विराटनगरमै उपचारका क्रममा मृत्यु भएको हो ।
हामफालेर ओर्लन खोज्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी र चालक भोजपुरको पौवादुम्बा गाउँपालिका-२ तिवारीभञ्याङका २५ वर्षीय कृष्ण कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । लापरवाही तरिकाले सो सवारीबाट झर्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend