Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा १४ करोड ५० लाखमा विद्युतको पोल उत्पादन गर्ने प्लान्ट सञ्चालन

हाम्रो कोशी आवाज
साउन ३० २०७८, शनिबार
मोरङमा १४ करोड ५० लाखमा विद्युतको पोल उत्पादन गर्ने प्लान्ट सञ्चालन

विराटनगरः नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुबारीबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कंक्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुबारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो ।
प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरू उत्पादन हुनेछन् । साढे १४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ ।
आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाइ हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो । उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिए । प्लान्टबाट उत्पादित पोलहरू मुख्य रूपमा प्रदेश नं १ र र २का जिल्लाहरूमा आपूर्ति गरिने छ ।
इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रूपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए । उनले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरे ।
प्लान्टबाट उत्पादित पोलहरू मुख्य रूपमा प्रदेश नं १ र र २ का जिल्लामा आपूर्ति गरिने छ । प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कङ्क्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ ।

प्रकाशित मिति: साउन ३० २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend