बेलबारीः मोरङको बेलबारी छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ वर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् । शुक्रबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्रामसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनी खुलाएपश्चात तत्काल प्रहरी टोलीले दर्नाललाई बेलबारी नगरपालिका ३ पशु हटियास्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाउपर इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।