संखुवासभाः संखुवासभा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईलाई लागूऔषध अफिमसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाइछिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो । पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।