Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
साउन ३० २०७८, शनिबार
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

विराटनगरः मोरङको जहदा गाउँपालिका ३ जयरामपुर बस्ने रविया ऋषिदेवको १० वर्षीय गोलु ऋषिदेव खोलामा डुबेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका ५ बजे उनी साथीहरुसँग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी घाइते भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाइते बालकलाई उपचारको लागि कोशी अस्पताल विराटनगरमा पुरयाउनासाथ मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: साउन ३० २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend